काठमाडौ । यो ब्रमाण्डमा पाउँने केही खानेकुराहरु जुन खान नजान्दा जीवन नै लिने हुन्छन् भने केही खान जान्यो भने वरदान समान हुन्छन् । हाम्रो शरिरमा दिनदिनै सेवनबाट पसिरहेका खानेकुरा कतिले रोग निम्त्याएका छन् कतिले औषधीको काम गरेर जीवन रक्षक बनेका छन् । आज हामी त्यही जीवन रक्षक खानेकुराको कुरा गरिरहेका छौ । हामी सबैलाई थाहा छ । अहिले संसारभरीका मानिसहरुको मृत्यु हुनेहरुमध्ये प्रमूख कारण क्यान्सर पनि एक हो । क्यान्सर एक सयभन्दा पनि धेरै किसिमका हुन्छन् ।

 

संसारभरीका धेरै मानिसहरु क्यान्सरको चपेटामा रहेको पाइन्छ । क्यान्सर हुनुको प्रमुख कारण हाम्रो खानपान रहेको छ । हामी जे खान्छौं, पिउँछौं, त्यसको सोझो प्रभाव हाम्रो स्वास्थ्यमा पर्छ । त्यसैले आज हामी त्यस्ता केही विशेष कुराहरुको बारेमा जानकारी दिँदैछौं, जसको सेवन गर्नाले क्यान्सर हुने खतरा कम हुन्छ ।

ओखर : ओखरमा विभिन्न किसिमका स्वास्थवर्द्धक तत्वहरु पाइन्छ । केही अध्ययन अनुसार ओखर खानाले स्तन क्यान्सर हुँदैन । यसबाहेक प्रोस्टेट क्यान्सरमा पनि धेरै प्रभावकारी हुन्छ । यसको साथै डीएनएको सुरक्षामा पनि यो धेरै प्रभावकारी हुन्छ ।

क्यानबेरि : क्यानबेरि फाइबर, भिटामिन (सी र एन्टि-अक्सिडेन्ट) को प्रमुख स्रोत हो । यसले शरीरमा उत्पन्न हुने क्यान्सरको तत्व समाप्त पार्छ ।

स्याउ : स्याउको सेवन विभिन्न किसिमका रोगहरुमा अति नै फाइदाजनक हुन्छ । यसमा भएको एन्टि९अक्सिडेन्ट र एन्टि इन्फ्लामेट्री गुणले क्यान्सरको खतरालाई धेरै कम गर्छ । विशेष गरेर ठूला आन्द्राको क्यान्सरमा स्याउको सेवन धेरै नै प्रभावकारी हुन्छ । प्रायः मानिसहरु स्याउको बोक्रा तासेर खान्छन्, तर स्याउको सेवन त्यसरी गर्दा धेरै नोक्सान हुन्छ ।

यदि तपाईलें स्याउ तासेर खाने बानी छाड्नु भयो भने त्यो तपाईंलाई धेरै फाइदाजनक हुन्छ । यसको बोक्रामा धेरै गुणकारी तत्व हुन्छ । कोलोरेक्टल क्यान्सर बाहेक स्याउन फोक्सो, बे्रस्ट र पेटको क्यान्सरबाट पनि बचाउँछ ।

ब्लूबेरी : ब्लूबेरीमा विभिन्न प्रकार गुणकारी तत्वहरु पाइन्छ । यसमा फाइटोकेमिकल, एलेजिक एसिड, युरोलिथिन जस्ता विभिन्न विशेष गुणहरु पाइन्छ । यसले हाम्रो डीएनएलाई हाम्रो शरीरमा समावेश फ्रि रेडिकल्सबाट सुरक्षा प्रदान गर्छ, जसले गर्दा क्यान्सरको खतरा कम हुन्छ । ब्लूबेरीको सेवनले मुख, ब्रेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।

ग्रीन टी : पुरानो समयमा विभिन्न किसिमको रोगहरु उपचार गर्नका लागि चियाको साहारा लिने गरिन्थ्यो । ग्रीन टी र ब्ल्याक टीमा विभिन्न प्रकारका फाइदाजनक तत्वहरु पाइन्छ । एउटा अध्ययन अनुसार ग्रीन टीको सेवनले शरीरमा कोलोन, लिभर, ब्रेस्ट र प्रोस्टेट क्यान्सरका कोशिकाहरु बन्न पाउँदैनन् । त्यस्तै विभिन्न अध्ययनका अनुसार ग्रीन टी फोक्सो, छाला र पेटको क्यान्सरबाट पनि सुरक्षित राख्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु