काठमाडौ । चाबहिलमा बसले एक छात्रालाई ठक्कर दिएको छ । बसले छात्रालाई ठक्कर दिएपछि आक्रोसित विद्यार्थीले बस जलाएका छन् । यात्रुबाहक बसले बिहान कलेज जाँदै गरेकी छात्रालाई ठक्कर दिँदा घाइते बनाएको थियो । सुकेधारा नजिकै बसले छात्रालाई ठक्क दिएपछि आक्रोशित भएको विद्यार्थीको भिडले गाडी आगजनी गर्नुका साथै तोडफोड समेत गरेका छन् ।

गाडीको ठक्करबाट चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । घटनापछि आक्रोसित बनेका विद्यार्थीले चावहिल क्षेत्र अवरोध गरेका छन् । ठक्कर दिने गाडी भागेपछि अन्य गाडीमा तोडफोड गरेका हुन् ।

 

उनीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट घाइते भएकी छात्राको चाबहिलकै ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु