काठमाडौ । राजधानीमा अचानक लागेको आगलागीमा ९ जनाको ज्यान गएको छ । भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु भएको हो ।

यस दुर्घटनामा ४ जना गम्भीर घाइते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आगो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो ।

यस पछि, दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिन सफल भएका हुन् । यसअघिको डिसेम्बर ८ मा, दिल्लीको अनाज मंडीको आवासीय क्षेत्रको एउटा कारखानामा आगो लाग्यो ।

यसले भवन भित्र सुतिरहेका ४३ जनाको ज्यान लियो । मृतकमध्ये २५ जना बिहारका थिए । प्रारम्भिक अनुसन्धानले कारखानाका मालिकसँग फा यर डिपार्टमेन्टको एनओसी नभएको कुरा पत्ता लगाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु