काठमाडौं । कुनै कुनै घटना यस्ता हुन्छन् जुन सुन्दा हामीलाई विश्वास गर्न झट्ट गाह्रो हुन्छ । यस्तै एक समाचार अहिले बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–१२ ब्रम्ह्चोकमा रहेको श्री सिद्धी विनायक पूजा सामग्री प्रोडक्टमा पर्सा प्रहरीले छड्के हानेपछि यस्तो रहस्य खुलेको हो । श्री विष्णु नामक उद्योगले गोकुल डेली ध्यूको नाममा नक्कली ध्यू उत्पादन गरेको खुलासा भएको छ ।

शुद्ध ध्यू भनेर डाल्डा तथा केमिकल मिसावट गरी ध्यू उत्पादन गरिरहेको सूचनाका आधारमा प्रहरीले छड्के चेक गरेको थियो । प्रहरीको टोलीले घ्यु बनाउने केमिकल तथा विभिन्न ब्राण्डका डाल्डा घ्यूहरु बरामद गरेको जानकारी दिएको छ । प्रहरीले उद्योगको सबै मेसिन र भाँडा कुँडालाई पनि बरामद गरेको छ । काम भइरहेको अवस्थामा पुगेको प्रहरी टोलीले दुई जना सञ्चालकलाई समेतलाई नियन्त्रणमा लिएको छ ।

 

सञ्चालक समूहमा सुनिल श्रेष्ठ, अनिल श्रेष्ठ, रामविलास र रमेश श्रेष्ठ रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार सुनिल श्रेष्ठ र अलिन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु