एजेन्सी । विहान ओछ्यानबाट उठ्ने वित्तिकै अथवा जमिनमा खुट्टा राख्नु भन्दा पहिले जमिन छोएर हात शीरमा लगाउनु पर्दछ। विहान उठेर जमिनलाई ढोग गर्नु हाम्रो परम्परादेखि चल्दै आएको संस्कार छ। यो संस्कार धार्मीक परम्पराका रुपमा स्थापित हुनुको पछाडि पनि अथार्थता लुकेको छ।


हामीले धरती माताप्रति कृतज्ञता जगान यो परम्परा चल्दै आएको हो। वेदले पृथ्वीलाई आमा भनेर उनको बन्धना गरेका थिए। किनकी हाम्रो शरीर भूमी तत्वबाट बनेको छ। भूमीमा उब्जनी भएको अन्न खाएर तथा पानी पिएर हामी बाँचेका छौँ। त्यसैले हामी पृथ्वीप्रति ऋणी छौँ। जमिनमा खुट्टा राख्नु हाम्रो बाध्यता हो। त्यसैले हामीले बाध्यतालाई क्षमा मागेर विहान सधै जमिन छोएर प्रार्थना गर्नु पर्दछ।

जमिन छुदा जप गर्नु पर्ने मन्त्र

समुद्रवसने देवी पर्वतस्तनमण्डिते। विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्श क्षमस्व में।। अर्थात, समुद्र रुपी बन्द्र अथवा कपडा लगाउनेहरु अथवा सबै प्राणीलाई पाल्नका लागि जीवनदानी। नदी रुपी दुग्धाराको जन्म दिनेवाली, पवर्तरुपी स्तनवाली, हे विष्णु पत्नी तिमी माथि खुट्ट राख्नुका लागि मलाई माफ गर ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु