काठमाडौ । नेपाल सरकारले भोली अर्थात बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । क्रिसमस डे का कारण बुधबार सार्वजनिक विदाको घोषणा गरिएको हो । इसाई धर्मावलम्बीहरुले बुधबार आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बिहीबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ । सम्वत् २०७६ सालभरको सार्वजनिक विदाबारे जानकारी दिन सम्वत् २०७५ चैत १ गते प्रकाशित राजपत्रकाअनुसार पुस ९ गते बुधबार इसाई धर्मावलम्बीहरुका लागि मात्र भनेर सार्वजनिक विदा दिइएको छ ।

क्रिसमसलगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित् धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु