काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि नयाँ नियम ल्याएको छ । नयाँ नियम लागू भएपछि अब कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने छ । सरकारले संगठन संरचना र दरबन्दी पुनरावोलकनसम्बन्धी कार्यविधि पारित गरी प्रत्येक पदमा कार्यरत कर्मचारीका लागि सो नियम ल्याएको हो।


सरकारले पुनः संगठन तथा व्यवस्थापन ओएनएम सर्भे गरी संघमा दरबन्दी घटाउन कार्यविधि तयार गरेको हो। मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले संघमा कर्मचारीको दबरन्दी करिब ३२ हजार पुर्याउने तयारी भएको बताउँदै प्रत्येक कर्मचारीले ४० घन्टा काम गर्नुपर्ने नियमलाई आधार मानी दरबन्दीको संख्या निर्धारण हुने बताए ।

उनले भने, ‘निजामती सेवामा आकर्षण बढाउन तथा सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीको दरबदी घटाउन र कर्मचारीको सेवासुविधा बढाउने तयारी भएको छ।’ कार्यविधिमा कर्मचारीको तलबभत्ता सुविधा अन्तर्राष्ट्रिय औसतमा पुर्याउने र निजामती सेवामा आकर्षण बढाउने भनिएको छ ।

सूचना प्रविधिको प्रयोगबाट संगठनको अभिलेख व्यवस्थापन कार्य सरलीकरण, समयको बचत, स्थान व्यवस्थापन, कार्यदक्षतामा हासिल गर्ने संगठन तथा कार्यविधिलाई सूचना प्रविधिमा आाधारित बनाउने पनि उल्लेख गरिएको छ । (नागरिक दैनिकबाट)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु