काठमाडौं । आज इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमस मनाइरहेका छन् । यस अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक हो । हाम्रा चाडपर्व र संस्कृति पनि कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित नभई राष्ट्रिय एकता, पारस्परिक सदभाव, मौलिक संस्कृतिको निर्माणका लागि पनि महत्वपूर्ण रहँदै आएका छन् ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । पत्रमा संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्बन गर्नु हामी सबैको दायित्व हो भनिएको छ ।

वर्तमान सरकार पनि संविधानद्बारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकहरुका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको उहाँले जानकारी दिनु भएको छ । नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदाय बीचको सु–सम्बन्धलाई प्रगाढ तुल्याउँदै, मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न उहाँले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबरहरु