काठमाडौं । आज अचानक चर्चित गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले चर्चा पायो । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर पत्याउन गाह्रो बन्यो । डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चल्दै थिए ।

यो बीचमा ढकालले सामाजिक सञ्जालमा स्टाटस लेखे । उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् । रामकृष्णले श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन्, ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिर आएको थियो । काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धविच्छेद गर्न सहमति दिएको थियो ।

जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार, ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धविच्छेद गराइदिएको हो । मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित खबरहरु