काठमाडौं । आज यस दशककै महत्वपुर्ण दिन भएको छ । आज नेपाल लगायत विश्वका धेरै देशहरुमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । नेपालमा अहिले बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ । बिहान ११ः३१ मा ग्रहण सकिने जानकारी दिइएको छ । यो बेलामा कुनै नयाँ कामको सुरुवात गर्न नुहने धार्मिक मान्यता रहेको छ । विगतका १० वर्षहरुमा लागेको ग्रहणहरुमध्यमा यो अन्तिम सुर्यग्रहण हो । अब अर्को ग्रहण २१ जुन २०२० मा देख्न पाइनेछ ।

आजको सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहेको छ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको छ ।  ग्रहणलाई खुला आँखाले भने हेर्न नहुने खगोलविद् तथा ज्योतिषशास्त्रीहरुले सुझाव दिएका छन् ।

दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ । नेपालमा यसको व्यवस्था कीर्तिपुरमा गरिएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराइरहेको छ । ग्रहण हेर्नेहरुको भिड नै जम्मा भएको छ । सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ ।

सम्बन्धित खबरहरु