काठमाडौ । सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक विदा दिने प्रचलन थियो । पात्रोमा नै यो उल्लेख गरिन्थ्यो । यो बर्ष आजको ग्रहणमा पात्रोमा विदा नभएपनि स्थानिय तहले विदा दिएका छन् । बिहीवार बिहानदेखि सूर्य ग्रहण लागिरहेकाले नवलपुरको गैंडाकोट नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका शाखा अधिकृत मोतिप्रसाद रिजालले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै सूर्य ग्रहणमा बिदा गर्न निर्देशन दिएका छन् । हिउँदे र बर्खे बिदाबाट काटिने गरी नगरपालिकाले सूर्य ग्रहणका बेला बिहीवार विद्यालयमा सार्वजनिक बिदा दिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु