काठमाडौ । चर्चित बलिउड अभिनेता अभिताभ बच्चन फेरि बिरामी भएका छन् । उनी केही दिन कुनै पनि कार्यक्रम एवं समारोहमा सहभागी हुन नसक्ने जानकारी दिइएको छ । उनलाई चिकित्सकले घरमा पूर्ण रूपमा आराम गर्न भनेका छन् । उनले ट्वीटरमा लेख्दै आफू केही दिनदेखि बिरामीले थला परेको र कहिले ठीक हुन्छ भन्ने अवस्था नरहेको बताएका थिए ।

चिकित्सका अनुसार उनलाई ज्वरो आएको छ । अभिताभ केही समय यताबाट घाँटी, हेमस्ट्रिंग र ढाड तथा कम्मरको दुखाइबाट पीडित छन् । उनलाई घाँटी ढाडको नसाको दुखाइले समस्या दिएको छ । जसका कारण बस्न र हिँड्नसमेत गाह्रो भएको उनी निकट व्यक्तिहरुले जानकारी दिएका छन् ।

 

केही दिनदेखि लगातार आएको ज्वरोले आफूलाई नछाडेको भनाइ अमिताभको छ । उनको डेंगुलगायत विभिन्न परीक्षण पनि भइरहेको छ । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु