काठमाडौ । नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा स्वाइन फ्लुको समेत आशङ्का चिकित्सकले गरेको उहाँका आफन्त विनोद श्रेष्ठले जानकारी दिनुभयो । निकै इमान्दार र निष्ठावान् व्यक्तित्व श्रेष्ठले पूर्वी पाल्पासँगै प्रदेश नम्बर ५ को रामपुर क्षेत्र, गण्डकी प्रदेशका तनहुँ –नवलपरासी र स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । घिरिङ गाउँपालिका वडा नम्बर २ कटहरे तनहुँ स्थायी घर हुनुभएका श्रेष्ठको श'व अहिले शिक्षण अस्पताल काठमाडौंँमा राखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु