काठमाडौं । भारतको राजधानी दिल्लीमा एक पटक फेरि भिषण आगलागी भएको छ । बुधवार साँझ राति दुई बजे कृष्ण नगरको बिल्डिंगमा अचानक आगलागी हुँदा मान्छेहरुको भागाभाग भएको हो । सूचना प्राप्त हुने वित्तिकै दमकल कर्मीहरुले आगलागीमा परेकाहरुको उद्धार कार्य सुरु गरेका हुन् ।

दमकलकर्मीहरुको कारण ठुलो मानविय क्षति हुन पाएन् । जुन भवनमा आगो भयो त्यहाँ कबारडको गोदाम थियो । तीन तला गोदाममा रातको समयमा आगलागी भएपछि मान्छेहरुलाई आपत परेको थियो । जानकारी अनुसार समयमा नै दमकल नपुगेको भए ४० जनाको ज्यान जाने देखिएको थियो ।

गोदाममा प्लास्टिकको सामान मात्र हुनुको कारण आगलागी झन तिव्र भयो । आगलागीको कारण ठ्याक्कै नखुलेको भए पनि बिद्युक्त सर्ट भएर हुनसक्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु