काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीका प्रमुख (आईजीपी) सर्वेन्द्र खनालको आसन्न चीन भ्रमण रद्ध गरेको छ । नेपालमा रहेर आपराधिक गतिविधिमा संलग्न चिनियाँविरुद्ध चीनसँगको समेत समन्वयमा नेपाल प्रहरीले अपरेसन गरिरहेका बेला नेपाल प्रहरी प्रमुख आईजीपी खनालको चीन भ्रमण नै सरकारले रद्द गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालसहितको टोली यही पुस २१ गते चीन भ्रमण जाने कार्यक्रम थियो। गृहमन्त्री थापाँ चीन सरकारको निमन्त्रणामा ७ दिनका लागि चीन जाँदै छन्। नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न चिनियाँ नागरिकको समूह सोमबार काठमाडौंमा पक्राउ परिरहँदा बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी खनाललाई चीन नपठाउने निर्णय गरेको हो।

अपरेसन फितलो भएको र प्रचारबाजी मात्र बढी भएको भन्दै सरकारले आईजीपी खनाललाई चीन भ्रमणमा नपठाउने निर्णय गरेको गृहको उच्च स्रोतले बतायो। यसअघि आईजीपी खनाल भारत भ्रमणमा जाने प्रस्ताव पनि गृह मन्त्रालयले अघि नबढाएपछि रोकिएको थियो। आईजीपीसँगै गृहमन्त्री आउँने भन्ने खबर चीनमा पुगिसकेको थियो । तर अन्तिम समयमा आएर रद्ध भएपछि चिनियाँ कुटनितिज्ञ समेत चकित बनेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु