काठमाडौ । मिस वल्डमा भर्खरै धमाका मच्याएर आएकी मिस नेपाल अनुष्का श्रेष्ठका प्रेमी खुलेका छन् । उनले आफू प्रेम सम्बन्धमा रहेको बताउँदै प्रेमीसँगका तस्विर सेयर गरेपछि हंगामा भएको छ । नेपालको सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१९ कि विजेता अनुष्का मिस वल्डमापनि धेरै वटा विभिन्न टाईटल जितेर चर्चामा छिन् । उनले आफ्नो इन्स्टाग्राम प्रेमीको तस्विर सेयर गरेर थप प्रष्ट पारेकी छिन् ।

उनको इन्स्टाग्राम हेर्दा अनुष्काको प्रेमी श्रीजेश गजुरेल रहेको अनुमान लगाउन सकिन्छ । इन्स्टाग्राममा सेयर गरिएका तस्विरमा उनीहरु एकअर्काको अंगालोमा देखिन्छन्, र सोही किसिमको क्याप्सन लेखिएको छ । यी तस्विरको आधारमा मिस नेपाल अनुष्काको प्रेमी श्रीजेश गजुरेल हुन् भन्न सकिन्छ । हामीले यस बारे थप पुष्टी गर्न खोज्दा उनले हाँसेर मात्र टारिन् । कुनै प्रतिक्रिया देखाईनन् ।

अनुष्का मिस नेपाल ओसिनिया २०१८ को उपाधि विजेता समेत हुन् । उनले नेपाल लगायत अष्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन् ।

उनी लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएकी थिइन्। उत्कृष्ट १२ मा पर्न सफल श्रेष्ठले ’ब्यूटी विथ अ पर्पस’ शीर्षकमा पुरस्कार तथा ’हेड टु हेड विन’ र ’मल्टिमिडिया च्याम्पियन’ पुरस्कार पनि हातपार्न सफल भएकी थिइन् । तस्विर : अनुष्का श्रेष्ठको इन्स्टाग्राम

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु