काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाललको सम्बन्धविच्छेदको खबर भाइरल भइरहेको छ । यस विषयमा गायक ढकालले पटकपटक यो खबर गलत्त भएको बताएका छन् । यो बीचमा अहिले उनी पत्नी निलम शाह (ढकाल) ले यस घटनाबारे मुख खोलेकी छिन् । ढकालले लगातार स्टाटस राख्दै सम्बन्धविच्छेदको कुरा अफवाह भएको बताउँदै आएका छन् । यो सँगै शाहले पनि यो कुरामा सत्यता नभएको बताएकी छिन् । उनले सामाजिक सञ्जाल इन्साग्राममा लगातार स्टाटस राख्दै यसको खण्डन गरेकी हुन् ।

यो भन्दा पहिले उनीहरुले सहमतिमा नै काठमाडौं जिल्ला अदालतमा पुगेर न्यायधीश विदुर खतिवडाको इजालसमा सम्बन्धविच्छेद गरेका थिए । लामो समय देखि लालीगुराँस सहकारीको करोडौ ऋण नदिएको भन्दै पत्रिकामा विज्ञापन आएको थियो । यससँगै उनीहरुबीच सम्बन्धमा दरार आएको ब्याख्या भइरहेको छ । जानकारी अनुसार उनीहरुको घर गायक ढकालको नाममा नभएर पत्नी निलमको नाममा रहेको छ । यसकारण उनीहरुले घरजग्गा निलामी हुनबाट बचाउन यस्तो गरेको धेरैको बुझाई रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

ढकाल पत्नी निलमले भनेकी छिन,‘म नीलम आर शाह सबै अफवाहहरूको बारेमा सार्वजनिक बयान दिन चाहन्छु । हामीले खुशीसाथ विवाह गरेको एक दशक भन्दा बढी भइसक्यो र धेरै लामो समय सम्म विवाह जारी राख्नेछौं । हाम्रो एक सानो तर खुशी परिवार हो । यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं ।’ उनले सञ्चारमाध्यमहरुसँगै सामाजिक सञ्जालमा भएका अनेक खालका घृ'णा फैलाउने कुराहरुले आफुलाई नराम्रो लागेको पनि जानकारी दिएकी छिन् ।

केही व्यक्तिहरूको आफ्नो परिवार, परिवारको प्रतिष्ठा, मानसिक स्वास्थ्य र कल्याणको बारेमा बोल्ने साहस गरेको भन्दै यो क्रूरताभन्दा पनि खेदजनाक भएको बताएकी छिन् । उनले भनेकी छिन, ‘म यी मानिसहरूलाई अवसरवादीको रूपमा देख्छु जो निरन्तर हाम्रो परिवार र नाम बिगार्न प्रयास गर्छन् ।’ अरुको जिन्दगी बिर्गान हिडेकाहरु कहिल्लै सफल नहुने पनि उनको ठहर रहेको छ । उनले अगाडी भनेकी छिन, ‘मलाई लाग्छ कि हामी त्यस्तो समाजमा बस्छौं जहाँ सबै कुरा साझा जस्तो देखिन्छ तर यो त्यस्तो छैन ।’

उनले आफ्नो परिवारको बारेमा अनेक थरी बोल्ने र लेख्नेहरुलाई आफ्नो परिवारको बारेमा सोचेर हेर्न भनेकी छिन । उनले लेखेकी छिन, ‘यी उदाहरणहरू हुन् जुन तपाईं आफ्नो परिवारलाई संलग्न गर्न चाहनु हुँदैन न त कुराकानी गर्न चाहनुहुन्छ, त्यसोभए किन यो अरूलाई गर्नुहुन्छ ? यो निराधार, भावनाविहीन र पूर्ण हास्यास्पद झूटा हो । जो हाम्रो परिवारका शुभचिन्तकहरू होइनन् ति मानिसहरूलाई यस्तो कुरा फैलाउँदैछन् । यो उत्पीडन हो, मानसिक दुर्व्यवहार हो ।’ उनका अनुसार यो साइबर अ'पराध हो र उनीहरुको यसबाट आफ्नो परिवारको रक्षा गर्न सक्षम पनि छन् ।

सम्बन्धित खबरहरु