काठमाडौं । चर्चित बलिउड अभिनेत्री रविना टन्डन, निर्देशक फराह खान र कमेडियन भारती सिंहविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध अमृतसर प्रहरीकहाँ मुद्दा दर्ता भएको बिहीबार सरकारी अधिकारीले जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

‘क्रिश्चियन फ्रन्ट अफ अज्नाला ब्लक’का अध्यक्ष सोनु जफरले बुधबार मुद्दा दर्ता गरेका हुन् । उनीहरुले क्रिसमस इभमा खिचेको भिडियो समेत समावेश गरिएको छ । उनका अनुसार ती बलिउडकर्मीले क्रिश्चियन धर्मावलम्वीहरुको धार्मिक भावनामा चोट पुर्याएका छन् । रविनाले आफुमाथि लगाइएको आरोप गलत्त भएको बताएकी छिन् ।

सम्बन्धित खबरहरु