काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन् । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गरे । कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो । यस्तै कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भए ।

गुरुङले एक हजार ११ मत, भण्डारीले ६९३ मत, सापकोटाले ९४५ र खरेलले एक हजार ११ मत प्राप्त गरे । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो । महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत हुनुभएको नेपाल जेसिजका प्रेस संयोजक दिबु बानियाँले जानकारी दिए । नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् । महाधिवेशनका लागि तीन हजार जेसी रत्ननगर आएका थिए । पुस ९ गतेदेखि शुरु महाधिवेशनको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । रासस

सम्बन्धित खबरहरु