काठमाडौं । हिजो मात्रै आफ्नो ५४औं जन्मत्सव मनाएका बलिउड अभिनेता सलमान खानले पिता बन्ने इच्छा व्यक्त गरेका छन् । उनले आफु मामा र ठुलो बा भैसकेको भन्दै अब पिता बन्न चाहेको कुरा उल्लेख गरेका हुन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे । उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि पुगिन् ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

सोनाक्षीसँगै उनकी आमा पूनम सिन्हा पनि उक्त कार्यक्रममा पुगिन् । सलमान खानले उनलाई अँगालो हालेर स्वागत गरे । सलमानको बर्थडे पार्टीमा बलिउड नायिका उर्वशी रौतेला पनि उपस्थित भइन् र उनले आफ्नो अचम्मको स्टाइलमा मिडियालाई पोज दिइन् । सलमानका भाइ अरबाज आफ्नी प्रेमिका जर्जिया एन्ड्रियानीसँग । सलमानको जन्मदिनको पार्टीमा संगिता बिजलानी पनि पुगेकी थिइन् । स्मरण रहोस् उनको नाम कुनै बेला सलमानसँग जोडिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उनीसँग विवाहको मिति तोकिएको र कार्ड नै छापिएको पनि विभिन्न भारतीय मिडियाले बताउने गरेका छन् । यो मौकामा सलमान खानकी नजिककी साथी एवं कथित प्रेमिका युलिया पनि पुगेकी थिइन् । सलमान खानलाई जन्मदिनको बधाइ दिन उनकी पूर्व प्रेमिका कट्रिना कैफ पनि पुगेकी थिइन् । सलमान खानकी बहिनी अर्पिता छोरा आहिल र श्रीमान् आयुषसँग कार्यक्रममा उपस्थित भइन् ।

सम्बन्धित खबरहरु