काठमाडौं । सुन्दर सपना बोकेर आज पनि लाखौं नेपाली विदेशी भुमिका रगत पसिना बगाइरहेका छन् । जवानीमा नै टन्न कमाउने सपना बोकेर युरोप, अमेरिका, जापान लगायत विकसित मुलुकमा गएका अधिकांश नेपालीहरु नेपाल आउँदैनन । बरु उनीहरुले पछि आफ्ना मातापितालाई नै उतै लिएर बस्न थाल्छन् । पढाई, वा जागिर जुनसुकै शिलशीलामा विदेश गए पनि उनीहरु नेपाल आउँन चाँहदैनन । जो नेपालबाट विदेश जान्छन, उनीहरुको मनमा देशप्रेम धेरै हुने बुझाई सबैको हुन्छ ।

आफु जन्मेको गाउँठाउँको माया नहुने भन्ने त सवाल नै भएन । कुरा के हो भने टन्न कमाएर स्वदेश फर्कछु भन्नेहरु किन नेपाल आउँन मान्दैनन् । यसमा धेरै कुराहरु आउँछन तर महत्वपुर्ण कारण भनेको परिवार हो । धेरै नेपालीहरुको विदेशी मुलका व्यक्तिहरुसाग विवाह हुन्छ । त्यसो हुँदा उनीहरु नेपाल आउँन मान्दैनन् । अर्को महत्वपुर्ण कुरा भनेको उनीहरुका सन्तान हुन् । विदेशमा अध्यन पुरा गरेर वा टन्न पैसा कमाएर नेपालमा आएर लगानी गर्न सक्ने ठ्याक्कै वातावरण बनेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्यसो भएपछि उनीहरुलाई नेपालमा भविष्य बनाउँन सक्छुजस्तो लाग्दैन । उतै बसेर भविष्य बनाउँन खोज्दा केही समय बितेको हुन्छ । यो बीचमा विवाह सन्तान सबै कुरा भइसकेको हुन्छ । छोराछोरीलाई नेपाल आएर बस्न मन लाग्दैन । अनी नेपालबाट गएका नेपालीहरु छोराछोरी सेटल नहुँदासम्म विदेशमै बस्छन् । यो बीचमा उनीहरुले नेपाली गीत सुन्ने, नेपाली कलाकारहरुलाई विदेश बोलाएर विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छन । यो उनीहरुले देशप्रति देखाएको प्रेम हो । जब छोराछोरी आफ्नो बाटो लाग्छन, तब उनीहरुलाई नेपाल आउँन मन लाग्छ ।

नेपाल आउँनेहरुमध्य केही नेपालमै मर्छन भने धेरै चाँही उतै फर्कन्छन् । नेपालमा हुने हरेक सामाजिक सेवाका कामहरुमा विदेशमा बस्ने नेपालीहरुको ठुलो योगदान रहेको छ । जब समय धेरै बित्छ अनी हामी पछुताउनु बाहेक अरु केही हुँदैन । विदेशमा सिकेको सीप नेपालमा लगाउन सक्यौ भने मात्रै हामीले आफ्नो देशका लागि केही गर्न सक्छौ । नेपाल हुँदा सबथोक अन्धार देखिए पनि विदेशबाट हेर्दा चाँही नेपाल स्वर्ग भन्दा कम नभएको विदेशमा बस्ने धेरै नेपालीहरुको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु