काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा तालमा सबैलाई रुवाउने दृष्य देखिएको छ । त्यहाँ देखिएको एक दृष्यले सबैको मन कुँडिएको छ । यहाँ भएका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको छ । हिउँ खोलामा हुने माछाको उक्त प्रजाति रारातालमा मरेको यो पहिलो घटना भएको स्थानीय बताउँछन् ।

 

माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र कागलगायत चराले टिपेर खान थालेका हुन् । विषादीका कारण माछा मरेको अनुमान गरिएको छ । मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दा पनि डराएका छन् । मरेका माछाले गर्दा वरपरको वातावरण प्रदूषित भएको स्थानीयले दुःखेसो गरे ।

हिमपातले गर्दा वनजंगलको विषादियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउनुहुन्छ । यसबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु