काठमाडौं । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो ।

केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ ठाउँमा आगलागी भइरहेका छन् । ती आगलागी थप फैलिदै गएपछि हजारौ मानिस विस्थापित भएका हुन् । “पूर्वी गिप्पस्ल्याण्डका सवै जना आजै त्यहाँबाट अन्यत्र जानु पर्दछ, आगलागीका कारण थप क्षतिको खतरा बढेको छ,” अग्नी नियन्त्रण सम्वन्धी कार्यालयका एक अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उनले थप लेखेका छन्, “त्यस क्षेत्रमा यात्रा नगर्नु, त्यस क्षेत्रमा कुनै पनि सहयोग र उद्धारका काम गर्न असंभव छ ।” गिप्सल्याण्डलाई चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र मानिन्छ । क्रिसमस र नयाँ बर्षको अवसरमा लाखौँ मानिसले यहाँ भ्रमण गर्ने, बिदा मनाउने गर्दछन् ।

आगलागीबाट सचेत रहन भन्दै भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स, तास्मानिया लगायतका क्षेत्रमा पनि चेतावनी दिइएको छ ।
अष्ट्रेलियाका धेरै ठाउँमा ४३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको मौसम अधिकारीहरुले जनाएका छन् । त्यसैगरी ३५ किलोमिटर प्रतिघण्टाको गतिमा तातो हावा चलेको छ ।

घटनास्थलहरुमा ५ सय ५० भन्दा बढी अग्नी नियन्त्रकहरु र ७० भन्दा बढी विमान र हेलिकोप्टरहरु पनि आपतकालिन उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा राखिएको अधिकारीहरुले जनाएका छन् । सिन्हवा

सम्बन्धित खबरहरु