काठमाडौं । नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले नयाँ शताब्दीमा प्रवेश हुनु अगाडि पहिलो पटक न्यू इयर इभ मनाउँन गइरहेको छ । यो विशेष अवसरमा शहरका नियमित अतिथिहरु अथवा नवआगन्तुक वा पर्यटकहरु सम्पूर्णका लागि होटलमा केहि विशेष रहेको छ ।

मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिंगको रमणीय साझँ बल रुममा आयोजना गरिएको छ । अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्नेछन् जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अझ आरामदायीक साझँ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वीजीन रेष्टुरेन्ट “ठमेल किचेनमा” न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् ।

त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछ । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिनेछ । अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह गरिएको छ । होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ ।

सम्बन्धित खबरहरु