काठमाडौं । चर्चित नायिका ऋचा शर्मा र पत्रकार ऋषि धमला एक समय विवादमा आएका थिए । पत्रकार धमलाले एक कार्यक्रममा बोलाएर शर्माको एकदमै व्यक्तिगत कुरा जान्न खोजेका थिए । धमला समयसमयमा विवादमा आइरहका हुन्छन् । नायिका शर्मा ‘कमेडी च्याम्पियन’ कान्तिपुर टेलिभिजनमा प्रसारण भैरहेको छ । यस शो मा पहिलो अतिथिको रुपमा ऋषि धमला र एलिजा गौतम पुगेका थिए । पत्रकार ऋषि धमलाले प्रश्न सोध्ने शैली र उनले लिने अन्तर्वार्ताहरुको ट्रोल र विवाद बेलाबेलामा भैरहने गर्छ।

बिशेष गरि उनले अभिनेत्री र महिला अतिथिलाइ सोध्ने प्रश्नले त हंगामा नै मच्चाउने गर्छ । ऋषि धमलाको शोमा उनी संगको घम्साघम्सीको राम्रै चर्चा भएको थियो । उनै ऋषि धमाल दम्पति कमेडी च्याम्पियनमा पुग्दा उनिमाथि राम्रै प्रहार भयो । एक प्रतियोगी साजन श्रेष्ठले धमला दम्पतिमाथि गरेको प्रहारले एलिजा निकै आक्रोशित भएकी थिइन् । अर्को तिर साजनको प्रस्तुतिमा ऋचा निकै रमाएकी थिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उनले स्टेजमा पुगेर प्रतियोगीलाई दुई पटक अंकमाल नै गरेकी थिइन् । यसले उनले ऋषि धमला संग शोमा भएको अन्तर्वार्ताको बदला लिन सही समयको सदुपयोग गरेको ब्याख्या भइरहेको छ । दर्शकहरुको अनुमानजस्तै ऋचाले पनि उक्त कुरा सत्य भएको बताएकी छिन् । ऋषि धमलाको अन्तर्वार्ताको स्वयं आफु पनि सिकार भएको भन्दै उनले आफुले धमलालाई बोलाउन नचाहेको बताएकी छिन् ।

सम्बन्धित खबरहरु