काठमाडौं । सिन्धुलीमा १५ वर्षीय बालकलाई ज'न्मकै'दको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले ह'त्या अभियोगमा पक्राउ परेका बालकलाई ज'न्मकै'दको फैसला गरेको हो ।

अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको ह'त्यामा संलग्न बालकलाई ज'न्मकै'दको फैसला सुनाएको हो । उनलाई ज'न्मकै'द हुने र नाबालक देखिएकाले ज'न्मकै'दको आधा १४ वर्ष १० महिना सात दिन कै'द हुने फै'सला अदालतले गरेको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फै'सला गरेको हो । छलिमायासँग यौ'नप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते ह'त्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको ह'त्या भएको थियो ।

छलिमायाको श'व असोज ३ गते घाँटी नि'मोठी, घाँटी थिची ह'त्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको ह'त्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो ।

बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि का'रागारमा कै'द भु'क्तान गर्ने सिवाकोटीले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु