काठमाडौं । माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यू भएको छ । डोल्पा ठुलीभेरी नगरपालिका वडा–५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटो ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । घर पोत्ने माटो खन्ने क्रममा बुधबार दिउँसो सवा चार बजेतिर माटोको ढिस्कोले उनको मृत्यु भएको हो । पुरिएको जानकारी माझफाल प्रहरी चौकीले पाए लगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरे पनि बचाउन नसकिएको उनका श्रीमान शम्शेर बुढाले बताउनुभयो । समयमै उद्धार गर्न नसक्दा श्रीमती गुमाउनु परेको उहाँले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="" align="aligncenter" width="1536"] File Photo[/caption]

सम्बन्धित खबरहरु