काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुन स्नातक तह तीन बर्षे एलएल.बी. दोस्रो बर्षको परीक्षा दिने नियमित तर्फका मात्र परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसका परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति २०७६ साल पौष १६ गते देखि मिति २०७६ साल माघ १५गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल माघ २२गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) परीक्षा फारम सम्बन्धमाः क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ । यसमाअन्यथा हुन गएमा त्रि. वि. प. नि. का. जवाफदेही हुनेछैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

ख) परीक्षार्थीहरूले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रतिफोटो आवश्यक पर्नेछ । घ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

ङ) परीक्षार्थीको परीक्षा आवेदन फारम क्याम्पसले यस कार्यालयमा बुझाउनु अगाडि विद्यार्थीले भरेका प्रत्येक परीक्षा आवेदन फारम र फोटोमा समेत पर्ने गरी क्याम्पस प्रमुखले अनिवार्य रुपमा दस्तखत गर्नुपर्नेछ । च) परीक्षा दिएको पहिलो पटकको सक्कल लब्धाङ्कपत्रको फोटोकपी परीक्षा आवेदन फारम साथै पेस गर्नु पर्नेछ ।

छ) उपत्यका भित्रका क्याम्पसहरूले पहिलो म्याद सकिएको २ दिनभित्र नै परीक्षा दस्तुर रकम बुझाएको बैंक भौचर अनिवार्य रुपमा बनाउन पर्ने छ । उक्त बैंकको भौचर बनाएको २ दिनभित्र अनिवार्य रुपमा त्रि.वि.प.नि.का. बल्खुमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । ज) काठमाण्डौ उपत्यका बाहिरका क्याम्पसहरूले पनि २ दिनभित्र परीक्षा दस्तुर रकम बुझाएको बैंक भौचर बनाई सक्नुपर्नेछ र ४ दिनभित्र परीक्षा आवेदन फारम उक्त भौचर सहित सम्बन्धित क्षे.प.नि.का.मा  र मध्यमाञ्चल क्षेत्रका क्याम्पसहरूले प. नि. का बल्खुमा अनिवार्य रुपमा बुझाई सक्नुपर्नेछ ।

झ) क्याम्पसहरूले दोब्वर दस्तुरको म्याद सकिएको भोलिपल्टै परीक्षा शुल्कको बैंक भौचर बनाई उपत्यका भित्रका क्याम्पसहरूले २ दिनभित्र र उपत्यका बाहिरका क्याम्पसहरूले ४ दिनभित्र अनिवार्य रुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाइ सक्नुपर्नेछ । २) परीक्षा शुल्कगत साल अनुसार नै हुनेछ ।

३) परीक्षा शुल्क बुझाउने सम्बन्धमा : क) काठमाण्डौ उपत्यका भित्रका क्याम्पसहरूले परीक्षा शुल्क त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको ने. बैं. लि. एक्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्टेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरेको बैंक भौचर सहित परीक्षाफारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

ख)  क्षे. प. नि. का. विराटनगर क्षेत्रका क्याम्पसहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च. हि. नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डाशाखा, विराटनगरमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

ग) क्षे. प. नि. का. नेपालगञ्ज क्षेत्रका क्याम्पसहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च. हि. नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

घ) क्षे. प. नि. का. पोखरा क्षेत्रका क्याम्पसहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च. हि. नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैंक लिमिटेड बगर शाखा,पोखरामा रकम वुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्नेछ ।

ङ) क्षे. प. नि. का. अत्तरियाको हकमाक्याम्पसहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क काठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू नगद जम्मा गरी बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

द्रष्टब्य : १) एयर डकुमेन्ट, हुलाकवा कुरीयरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनै पनि हालतमा बुझ्ने छैन । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन समवन्धी नियम २०५० को वुँदा नं.२१७अनुसार जुन परीक्षामा सम्मिलत हुने हो सो परीक्षाको लागि योग्य ठहरिएका विद्यार्थीलाई मात्र परीक्षार्थीको रुपमा परीक्षा फारम भराउनु पर्नेछ । अयोग्य परीक्षर्थीलाई परीक्षाफारम भराएमा त्यस्तो फारम भराउने पदाधिकारी, कर्मचारीलाई विभागीय  कारबाही हुनेछ ।

सम्बन्धित खबरहरु