काठमाडौं । एक विमान दुर्घटनामा ४ जनाको ज्यान गएको छ । श्रीलंकामा, आज हापुटालेमा एयरफोर्स सम्बन्धी विमान दुर्घटनामा चार सैन्य कर्मचारीको मृत्यु भएको हो । एक एयरफोर्सका प्रवक्ताले भनेका छन्, ‘दुर्घटनाग्रस्त हेलिकप्टर वाई–१२ लाइट एयरक्राफ्ट हो जुन भेराविला एयरफोर्स बेसबाट दक्षिणतिर उडेको थियो ।

यो पहाडी जिल्लाको मध्य भागमा दुर्घटनाग्रस्त हुँदा नियमित अवलोकन अभियानमा थियो । यस दुर्घटनामा दुई सैन्य पाइलट र दुई सैन्य पर्यवेक्षक मारिए । प्रत्यक्षदर्शीले भने कि दुर्घटनाबाट एक नागरिक घाइते भएका छन र नजिकको राज्य अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको छानबिन गर्न एउटा टोली नियुक्त गरिएको छ र छुट्टै प्रहरी अनुसन्धान भइरहेको छ । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु