काठमाडौं । रौतहट, सुर्खेत, दाङ र नुवाकोटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-८ सन्तपुरस्थित सडकमा ना.७ ख ४३४७ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री बृन्दावन नगरपालिका-१ बलेरी खोर बस्ने ३५ वर्षीय राजकुमार राउतको चन्द्रपुर प्रालि अस्पताल च:पुरमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ त ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ३० फिट तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २० वर्षीय पारस बादीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको माया नर्सिङ होम सुर्खेतमा उपचारको भइरहेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीस्थित सडकमा रा.५ प ८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-६ बर्रागाउँ बस्ने २४ वर्षीया पबित्रा डाँगीको सिटी अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, ककनी गाउँपालिका-४ रानीपौवा नाके ढुंङ्गास्थित सडकमा बा.२ क ३७११ नम्बरको टिपर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा टिपर चालक बेलकोटगढी नगरपालिका-१३ बाराही बस्ने २२ वर्षीय अजय लामाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु