काठमाडौं । नेपालमा पछिल्लो समय खुबै चर्चामा रहेको मिलिनियम च्यालेन्जबारे चीनले मुख खोलेको छ । उत्तरी छिमेकी चीनले नेपाललाई अमेरिकाको मिलिनियम च्यालेन्ज को अपरेसन ‘एमसीसी’ बाट सहयोग लिने विषयमा दबाबमा पर्न नहुने भनेको छ । यस विषयमा नेपालले स्वतन्त्र निर्णय गर्नुपर्ने चीनले बताएको छ ।

एमसीसी सहयोगबारे दलहरु नै विभाजित भइरहेका बेला आज शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्कीले कसैको दवावमा भन्दा नेपालले आफ्नो हित हरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभएको हो । उहाँले नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने नरहेको र आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

राजदुत होउले चीनले अघि सारेको दुई जोड एकको अवधारणा पनि चीन र भारतले नेपाललाई ‘डिक्टेट’ गर्ने उद्देश्यले नआएको खुलाउनुभयो । सबै देश समान हुने त्रिदेशीय सहकार्यमा आधारित भएर यो अवधारण आएको उहाँले जानकारी दिनुभयो । सोही अवधारणा अनुसार अफगानिस्तानका सुरक्षाकर्मीलाई चीन र भारतले संयुक्त रुपमा तालिम दिइरहेको उहाँको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु