काठमाडौ । नेपालमा फेरी अर्को वायुप्रणाली घुसिरहेको विज्ञहरुले बताएका छन् । यसले फेरी नेपालमा उच्च हिउँ र पानी पर्ने विज्ञहरुको चेतवानी छ । जम्मु–कश्मीर क्षेत्रमा विकसित पश्चिमी वायुका कारण पानी र हिमपात परेपछि यतिखेर निकै चिसो बढेको छ। देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।

तर आज (आइतबार) देखि यो वायु प्रणाली कमजोर भई मौसममा सुधार देखिँदैछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब भारी बर्षा र हिमपात हुने क्रम रोकिनेछ। तराई क्षेत्रमा मौसम खुल्दै गएको छ। देशको मध्यपूर्वी भागका उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेपनि अरु क्षेत्रमा भने यो क्रम रोकिएको छ। तर फेरी अर्को वायुप्रणालीका कारण यसको असर ठूलो हुँनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०९/२० देखि २०७६/०९/२२) जारी समय : बिहान ६:०० बजे उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०९-२०, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हिजो सम्म बदली संगै वर्षा गराएको मौसमी प्रणाली कमजोऱ हुँदै गएको छ |

मौसमको अवस्था )Present Weather Status): हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २० गते (आइतबार) दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार) दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २२ गते (मंगलबार) दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- मौसम खुले पनि बिहान र बेलुका चिसो रही रहने हुनाले चिसोबाट जोगिन हुन सबैमा अनुरोध छ |

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु