उखुखेतीप्रति किसानको आकर्षण यसकारण घट्दै जान थाल्यो


काठमाडौं । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो । यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपालि सात हजार बिघामा झरेको छ । गत वर्ष ११ हजार बिघामा उखु खेती थियो ।

 

अहिले तयार भएको सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु छ । खुट्टी उखु काटेपछि त्यसमा अन्य बाली लगाइने भएकाले आउने वर्षमा स्वात्तै घट्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।
यसपालि नयाँ उखुखेती गर्ने किसान खासै नदेखिएका हुँदा अर्को वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

वर्षमा एकपटक मात्र उत्पादन लिइने उखुखेतीमा निकै मिहिनेत र लगानी लगाउनुपर्ने र भुक्तानीमा भने चिनी उद्योगले वर्षौं झुलाउने भएपछि किसानले बाध्य भएर उखुखेती छाड्दै जानुपरेको कुशवाहाको भनाइ छ । महोत्तरीमा मात्र नभएर वरपरका जिल्लामा पनि उखुखेती घट्दै गएपछि यस भेगमा स्थापित र सञ्चालित चिनी उद्योगलाई आगामी वर्षहरुम कच्चा पदार्थको अभाव हुने निश्चित छ ।

“हामी त खेतको उखुमात्र नभई उद्योग पनि हाम्रै हो भन्थ्यौँ, उद्योगलाई बुझाइएको उखुको मूल्य छ महिनाभित्र पाउँदासम्म दङ्ग नै हुन्थ्यौँ,” जिल्लाकै गौशाला नगरपालिका–१ रामनगर (एभरेष्ट चिनी उद्योग रहेकै बस्ती)का किसान धनलाल शाशङ्रले भन्नुभयो, “उद्योगले किसानलाई भुक्तानीमा वर्षौ झेलाउन थाल्यो ।

अब त बाहिरबाट उखु ल्याउँदा नगदै कारोवार गर्नु पर्ला नि १” उखुखेती घटेसँगै उद्योग खस्कने चिन्ता आपूmहरुलाई रहेको शाशङ्कर बताउनुहुन्छ । विश्वासिलो वातावरण सरकारले बनाउनसके सरकारकै विश्वासमा किसान फेरि उखुखेतीमा फर्कनसक्ने सम्भावना भने रहेको जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउनुहुन्छ । उद्योग धराशयी बन्दा धेरैको रोजगारी गुम्नसक्ने देखिन्छ ।

जिल्लामा उखुखेतीलाई फेरि जगाउन किसानलाई समयमा बीउमल, खेतीखर्चबापत सहुलियत ऋण, मङ्सिर तेस्रो साताको प्रारम्भमै उखु क्रसिङ खोल्ने व्यवस्था र पहिले नै कबुलियत गरेर मूल्य निर्धारण तथा भुक्तानीको अवधि तोकिए जिल्लामा उखुखेती फेरि फस्टाउन सक्ने किसानको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता