काठमाडौं । कृषि विकास बैंकको क्रेडेन्सियल ह्या'किङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्या'किङ गरेको १ करोड रुपैयाँ सहित फरार रहेका मोरङ रंगेली नगरपालिका–२ का ४३ वर्षीय दिपक नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्व रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्या'क गरी लैजाने योजना बनाई बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको उक्त रकम निकाली फरार नेपाललाई महानगरीय अप'राध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको उक्त महाशाखाले जनाएको छ । यो पनि, बीरगंज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट सोही महानगरपालिका–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु