काठमाडौं । कीर्तिपुर नगरपालिका–४ पुष्पलाल पार्कस्थित बारा गढीमाई नगरपालिका–७ का ३१ वर्षीय जिमा लाल यादवको निर्माणाधिन घरबाट फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा ललितपुर महाङ्काल गाउँपालिका–३ बस्ने ३६ वर्षीय विनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा बा.१३ च ७१९८ नम्बरको गाडी प्रयोग गरी करिब ४ सय किलो फलामको डण्डी चोर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो पनि, चाँगुनारायण नगरपालिका–२ दुवाकोट वारुदखानास्थित सडकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका–३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु