काठमाडौं । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ । घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । श'व परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

यो पनि, महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एक सय ६० भन्दा बढी घार मौरी पाल्नुभएका सिस्ने–३ पोखराका ओमप्रकाशले गत वर्ष एकपटकमा महबाट करिब रु पाँच लाख आम्दानी गर्नुभएको थियो । उहाले भन्नुभयो “पोहोरसाल मैलै २५० धार्नी मह बिक्री गरेँ र यसपटक मुस्किले १२५ धार्नी बिक्री गरेँ । सिस्ने गाउँपालिका–३ का कृषक कमला खड्काले पनि यस वर्ष मह उत्पादनमा कमी आएको बताउनुभयो ।

उहाँले गत वर्ष १३० धार्नी मह बिक्री गरेर रु दुई लाख ६० हजार आम्दानी गर्नुभएको थियो तर यस वर्षमा भने ६५ धार्नी मात्रै मह बिक्री गरेको जानकारी दिनुभयो । यहाँको मह प्रतिधार्नी रु दुई हजार २०० मा बिक्री गर्दै आएको छ । पछिल्लो समय माहुरीको चरण क्षेत्र मासिनु, जथाभावी विषादी प्रयोग, प्राविधिक ज्ञानको कमी र विभिन्न किसिमका रोगको संक्रमण लगायतका कारणले मह उत्पादनमा कमी आएको जनाइएको छ ।

यहाँको मह रुकुमपूर्व, रुकुम पश्चिमसहित दाङसम्म बिक्री हुने गर्दछ । सिस्ने गाउँपालिका–३ पोखरामा उत्पादन भएको महले बजारको माग धान्न सकिराखेको छैन । बजारको चिन्ता नहुने तथा सजिलै बजार पाउँदा माहुरीपालक कृषक उत्साहित छन् । मह उत्पादनमा कमी आउँदा उनीहरु चिन्तित बनेका छन् । रासस

सम्बन्धित खबरहरु