काठमाडौं । काठमाडौं महानगरपालिका–१६ चौमतीस्थित ईलाम घर भएका बिर्ख सुब्बाको साईन प्रिन्ट एण्ड मिडिया उद्योगमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा उद्योगमा रहेको कम्प्युटर ३ थान, प्रिन्टर २ थान, ईन्भर्टर १ थान लगायतका विभिन्न सरसामानहरु जलेर करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

दोलखा, भिमेश्वर नगरपालिका–६ रमितेडाँडा बस्ने निल प्रसाद न्यौपानेको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो पनि, मनहरी गाउँपालिका–३ कालिकाटारस्थित सडकमा ना.५ त ४१६६ नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा च्यापिएर मनहरी गाउँपालिका–२ बस्ने २५ वर्षीय सबिन मोक्तानको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु