काठमाडौं । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलि’स्टिक क्षे’प्यास्त्र प्र’हार गरेको अमेरिकी र’क्षा मन्त्रालयले जनाएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा जेनेरल कासिम सुलेमानीको ज्यान लिएको ब’दला लिन ती क्षे’प्यास्त्रहरू प्र’हार गरिएको हो ।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल–असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षे’प्यास्त्र प्र’हार भएको हो । मानवीय क्ष’तिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन । ‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका ह’मलाबारे थाहा पाएका छौँ । राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुर’क्षा समूहसँग समन्वयमा छन् ।’ ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको ज्यान गएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ । इरानले उक्त ह’त्याको ब’दला लिने बताउँदै आएको छ । उसका अनुसार ती क्षे’प्यास्त्रहरू इरानबाटै प्र’हार गरिएका हुन् । अमेरिकी र’क्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको र’क्षाका लागि आवश्यक कदम चालिने बताएका छन् ।

इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त ह’मलालाई आफ्ना सैन्य जेनेरलको ह’त्याको ब’दलाका रूपमा अर्थ्याएको छ । ‘हामी अमेरिकाको आ’तङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आ’क्रम’णमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ ।’ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ । सुलेमानीको अन्तिम सं’स्कार सकिएको केही घण्टापछि इरानले यी आ’क्रम’ण गरेको हो ।

इरानले दिएको प्रतिकृयापछि अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै ठुलो क्षति नभएको भन्दै चिन्ता लिनु पर्ने विषय नभएको बताएका छन् । उनले अमेरिकी सेना र यसको बजेट विश्वमा भएका सबै देशहरुको भन्दा धेरै भएको कारण इरानले टक्कर लिन नसक्ने ठोकुवा गरेका हुन् । जानकारहरुका अनुसार अब सायद अमेरिका इराकबाट भाग्न सक्छ । यस भन्दा पहिले पनि सिरीयाबाट अमेरिकी सेना फिर्ता भएको थियो । कुर्दहरुमाथि टर्कीले हमला थालेपछि अमेरिका पछि हटेको थियो । बीबीसी

सम्बन्धित खबरहरु