उखु किसानका समस्या प्रदेश २ सरकारले समाधान गर्ने


काठमाडौ । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताउनुभयो

 

उहाँले प्रदेश २ मा देखिएको कृषि तथा उखु क्षेत्रको समस्या समाधान गरी त्यसको विकासका लागि प्रदेश २ सरकारले मार्गचित्र बनाउन लागेको जानकारी दिनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा आयोजना गरेको प्रदेशस्तरीय एकदिने कृषि प्राविधिक कार्यशालामा सचिव शर्माले प्रदेश २ को आठ जिल्लामा कृषि क्षेत्रको विकास, डेरी उद्योगको स्थापना तथा उखु किसानको समस्या समाधान गर्न प्रदेश सरकारले रोडम्याप तयारी गर्न लागेको बताउनुभयो । आठ जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना, स्वीकृति भएका कार्यक्रम प्रस्तुत गरेका थिए ।

अनुगमन तथा मूल्याङ्कन महाशाखा नार्कका प्रमुख सुधा सापकोटा, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह, मुख्य वैज्ञानिक डा सुरेन्द्रलाल श्रेष्ठ, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहलगायतका वक्ताले प्रदेशको विकासको आधार कृषि भएकाले यसको विकासप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गर्नुभएको थियो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता