काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु