काठमाडौं । धर्म संस्कारमा मात्रै नभई विज्ञानमा पनि ग्रहको विशेष स्थान रहेको हुन्छ ।

यस्तै, आउँदो शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने देखिएको छ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुन्छ । राति २ बजेर ५६ मिनेटमा भने समाप्त हुने जानकारी दिइएको छ ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो ।

यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल हुने गर्छ । यो अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएपछिको पहिले चन्द्रग्रहण हो ।

जानकारहरुका अनुसार यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ । तर, यदी बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । यो ग्रहण नाङ्गो आँखाले छुट्याउन भने सकिदैन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु