काठमाडौं । नेपाली सेनाको निष्क्रिय टोलीले सिन्धुली मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ । सो गाउँपालिका –३ वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर ब'म’ हुनसक्ने जानकारी दिनुभयो । उहाँले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताउनुभयो । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु