जनकपुरधाम । देशका विभिन्न खोला किनारा रित्तिन लागेका छन् । अबैध तरिकाले खोला उत्खनन हुँदा जल र भू संकटमा पर्दैछ । यसैको विरोध गर्न खोलामा पुगेका एक युवकलाई धनुषामा टिपरले नै कि'चेर ह'त्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले कि'चेर आज विहान ह'त्या गरेको हो।

 

महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले कि'चेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले कि'चेर ह'त्या गरेको देखिएको बताए।

टिपरले कि'चेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीयले ह'त्यारालाई कारबाही गर्न सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि जनकपुर पठाएको छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपर चालक फरार भएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु