मौसम पूर्वानुमान महाशाखाले दियो आगामी ३ दिनको यस्तो मौसम अपडेट


काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भूभाग तथा केही पहाडी भूमागमा कुहिरो र हुस्सु लागेको र अन्य भागमा भने मौसम सफा रहने देखिएको छ । तराईका अधिकांश स्थानमा लागेको हुस्सु–कुहिरो साँझ सम्म विस्तारै हटेर जाने जानकारी दिइएको छ ।

 

कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । आज देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती पनि देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी तीन दिनसम्म मौसम सामान्यतया सफा नै रहने देखिएको छ ।

मौसम विश्लेषण) Meteorological Analysis):- हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन। मौसमको अवस्था )Present Weather Status): हाल देशको मध्य र पश्चिमी तराईमा कुहिरो/हुस्सु लागेको छ भने पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २६ गते (शनिबार) रातीः देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २७ गते (आईतबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ। रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पौष २८ गते (सोमबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ। रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता