काठमाडौं । गोरखा र म्याग्दीमा एनसेलको टावरमाथि आगजनी गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ । आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गराएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ । दुबै घटनालाई लिएर आवश्यक थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु