काठमाडौं । देशको राजधानी काठमाडौंमा देखिएको एक दृश्यले प्रहरीको होस उठाएको छ । यहाँ एक युवकले प्रहरीकै नाकमुनी गर्न खाजेको अपराधले सबैलाई झस्काएको छ । सामान्य रुपमा हेर्दा मानिसहरु बैकमा आफ्नो सम्पती सुरक्षित हुने भन्दै राख्ने गर्छन ।

तर समयसमयमा बाहिर आउँने खबरले बैकमा खाता खोलेकाहरु पनि डराउन बाध्य हुन्छन् । अहिले बाहिर आएको खबर अनुसार राजधानीबाट प्रहरीकै नाकमुनी एटीएम मेसिन फोडिरहेको अवस्थामा एक जना समातिएका छन् । प्रहरीका अनुसार जाजरकोट त्रिवेणी नगरपालिका–६ घर भएका २४ वर्षीय तिलक खड्कालाई प्रहरीले समातेको हो । उनी एटिएम आज दिउँसो मेसिन फोडिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

 

उपत्यकाको व्यस्त शहर पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा समातिएका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान सुरु गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु