काठमाडौ । ६९ औँ पटक रक्तदान गर्ने झापाको विर्तामोड निवासी ओमप्रकाश लुइँटेल सम्मानित हुनुभएको छ । सहारा नेपाल सहकारी संस्थाले आफ्नो २३औँ वार्षिक साधारणसभाका अवसरमा उहाँलाई आज प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । लुइँटेल झापामा सबैभन्दा बढी रक्तदान गर्नुमध्येमा पर्नुहुन्छ ।

रगत अभावमा मृत्यु श्ययामा छटपटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सो सम्मान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु