कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले समृद्ध समाज निर्माणमा सबैको सहयोगको खाँचो रहेको बताउनुभएको छ । आज कञ्चनपुरको बेलौरीमा आयोजित ‘ड्वासर माघ म्याला’को उद्घाटन गर्नुहुँदै मन्त्री मगरले विकास निर्माणका कार्यमा सबैको सहकार्य भएमा मात्रै समग्र समाजको विकास सम्भव हुने बताउनुभयो ।

उहाँले प्रतिपक्षी नेपाली काँगेसका नेता तथा कार्यकर्तालाई विकासका कार्यमा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभएको छ । “विकास निर्माणका कार्यमा सके सहयोग गर्नोस । त्यो गर्न नसके अबरोध नगरिदिनोस्”, उहाँले भन्नुभयो । विकासमा अवरोध गर्नेहरुले नियोजित रुपमा प्रचार गरेर बदनाम गराउन खोजेको उहाँको भनाइ थियो ।

थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा थारु समुदायको मुख्य चाड माघीको अवसर पारेर मेला सञ्चालन गरिएको मेला मूल आयोजक समितिका संयोजक सुनिता चौधरीले बताउनुभयो । थारु समुदायको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्ने मुल उद्देश्यका साथ शुरु भएको मेला पुस २८ गतेसम्म जारी रहने छ ।

मेला सञ्चालनका लागि झण्डै रु ११ लाख बराबर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये रु पाँच लाख बेलौरी नगरपालिका कार्यालयले उपलब्ध गराउने छ भने बाँकी विभिन्न दातृ निकायको सहयोगमा रकम जुटाइने बताइएको छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु