बेलायतको चर्चित विश्वविद्यालयले भन्यो : नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो


काठमाडौं । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटनाकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ । दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो । यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ । विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

 

File Photo

जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ । त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ । अध्ययनअनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका शोधकर्ता डाक्टर पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पु¥याउने मनसाय राखेका छैनौं, यसले थप सचेत बनाउँछ भन्ने हो ।’ नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण भएको उजागर गरेको छ ।

अध्ययनमा दुर्घटनाको मुख्य कारण मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नहुनु, ट्राफिक नियम पालना नहुनु, सडक सुरक्षासम्बन्धी सचेतना नहुनुलगायत रहेका छन्। चालकको ध्यान विचलन हुने, मोबाइल फोनको प्रयोग गर्ने लगायत अध्ययनमा देखिएको छ । ‘दुर्घटना कम गर्न सबै निकायको समन्वय हुनुपर्छ, देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको आवश्यकता हो, सरकारी नेतृत्वबाट देखिने गरी प्रतिबद्धता पहिलो र मुख्य आवश्यकता हो,’ डाक्टर पन्तले भने ।

अध्ययनमा मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर ४५ प्रतिशत, डुबेर १५ प्रतिशत, सर्पलगायत जनावरबाट सात प्रतिशत, पोलेर ६ प्रतिशत, यान्त्रिक बल पाँच प्रतिशत, प्राकृति विपत्ति दुई प्रतिशत र विषको असरबाट एक प्रतिशत र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने देखाइएको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता