काठमाडौं । आज देश तथा विदेशमा भएका नेपालीहरुले नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिन धुमधामसँग मनाइरहेका छन् । देशमा गणतन्त्र आएपछि शाहका शालिक भत्काउने देखि सम्मानमा दिदैं आएको सार्वजनिक विदा पनि कटौती गरिएको छ ।

 

तर प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँलाई लिएर सबैको फरकफरक तर्क रहेको छ । तर धेरैले उहाँलाई राष्ट्र निर्माताको रुपमा नै लिने गर्छन । यो बीचमा आलोचना भइरहने एक पात्र पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हुनुहुन्छ । उहाँले दिने बयानका कारण अक्सर विवादमा पर्ने गर्नुहुन्छ ।

आज पनि उहाँले सामाजिक सञ्जालमा दिएको बयान आलोचित भइरहेको छ । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले लेख्नु भएको छ , ‘प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन । कसैको पनि मूल्याङकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ । १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो ।’

https://twitter.com/brb1954/status/1216216126688059392?fbclid=IwAR0jgighBHr_Aiyw7ZH16ELubUAWKNBWd2HtjP0RYtH1gHvqTQehClVaZYg

उनले अगाडी थपेका छन् , ‘राम्रै भयो । त्यही रूपमा उनलाई सम्झे पुग्छ । धेरै धूपवत्ति गरिरहनुपर्दैन, दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न वाध्य पृनाको आत्मालाई खुशीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ । अर्कोतिर त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव थिएन, गाली पनि नगरौं ।’

 

उहाँको ट्वीटमा प्रतिकृया जनाउँदै धेरैले भट्टराईको आलोचना गरिरहेका छन् । एकजनाले लेख्नु भएको छ , ‘विश्वको कुनै पनि देशमा त्यहाँको राष्ट्र निर्मातालाई व्यंग्य गरीदैन , चेतना भया ।’ यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रतिकृया दिए नदिएको जानकारी आएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु